सुनको मूल्य तोलामा पाँच सय बढ्यो
काठमाडौं, भदौ ९ गते । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९५ हजार आठ सय तोकिएको छ।
सुन बुधबार प्रतितोला ९५ हजार तीन सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय छ।
बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय थियो। त्यस्तै बिहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको ...