म्युजिक भिडियोमा अंकित र एस्तरको प्रेम ( भिडियो )
काठमाडौँ । गायक कपिल सापकोटाले 'छम छमी' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
पप शैलीको यस गीतका शब्द कपिलले लेखेका हुन् भने स्वयम उनकै यस गीतमा संगीत रहेको छ। म्युजिक भिडियोमा अंकित गिरी र एस्तर खड्गी बीचको प्रेम प्रस्तुत गरिएको छ।
रपिल महर्जन र हिमाल खड्काले छायांकन गरेको यस भिडियोलाई अनुप राई र रपिल महर्जनले सम्पादन गरेका हुन्। ऋषि सुफी को कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो...













