झुपडीबाट सङ्घर्ष गर्दै संगीत सिकेका कञ्चनपुरका रवि ओडले जिते नेपाल आइडल सिजन २ को उपाधि
काठमाडौं, पुष ६ । नेपाल आइडल सिजन २ को उपाधि कञ्चनपुरका रवि ओडले जितेका छन् । शुक्रबार नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको ‘ग्रान्ड फिनाले’ मा बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीलाई पछि पार्दै रविले नेपाल आइडलको उपाधि जित्न सफल भएका हुन् ।
रविले के–के पुरस्कार पाए ? : ‘मन जित्छ उसले, सुमधर गाउँछ जसले’ भन्ने ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडलको दोस्रो संस्करण विजेता ...














