लालिमाको दोस्रो टिजर सार्वजनिक, यौनकर्मीको जीवन संघर्ष उजागर
तीन हजार यौनकर्मी महिलाको अनुभवलाई आधार बनाएर निर्माण गरिएको फिल्म ‘लालिमा’ को दोस्रो टिजर सार्वजनिक गरिएको छ। एक मिनेटभन्दा केही लामो टिजरले फिल्मको कथावस्तु र मुख्य पात्रको भावनात्मक यात्राबारे झल्को दिन्छ। टिजरमा अभिनेत्री रोशनी कार्कीलाई केन्द्रमा राखिएको छ, जहाँ उनले निर्वाह गरेको यौनकर्मी पात्रको पीडा, संघर्ष र आत्मबललाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ।
कोठाभित्र भावुक अवस्थामा देखिएक...














