म्यूजिक भिडियोको छायांकनमा कोरोना सर्दैन ?
सरकारले कोरोना संक्रमितको संख्या बढेसँगै जीम, फुटसल, चलचित्र भवन, चलचित्र छायांकनको कार्यलाई अझै केही दिनका लागि बन्द गरेको छ । चैत्र लागेसँगै बन्द भएको चलचित्रको छायांकनको काम ५ महिनायता ठप्पै छ । तर, चलचित्रको छायांकन नभएपनि म्यूजिक भिडियोको छायांकन भने धमाधम भैरहेको छ । लुजडाउन भएसँगै सुरु भएको म्यूजिक भिडियोको छायांकन अहिले झनै बढिरहेको छ ।
चलचित्रको छायांकनमा ५० जनाको हारहारीमा यूनिट आवद्ध...













