नारी संघर्षको कथा बोकेको ‘टिका’ निर्माण घोषणा, अन्तर्राष्ट्रिय नारी दिवसमा सार्वजनिक थिम पोस्टर
नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत गर्ने उद्देश्यसहित नयाँ नेपाली फिल्म ‘टिका’ निर्माण हुने भएको छ। आइतबार मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो।
भविष्य खड्का फिल्मस् र थर्ड आइ आर्ट्सको संयुक्त ब्यानरमा बन्ने यस फिल्मको निर्देशन शंकर कार्कीले गर्नेछन्। सार्वजनिक गरिएको थिम पो...













