भिजिट भिषा प्रकरणमा मन्त्रालय नेतृत्व संलग्न छैनः गृह मन्त्रालय
काठमाडौं, १० जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नभएको गृह मन्त्रालयले दावी गरेको छ।
शनिवार, गृह मन्त्रालयका सह सचिव छवि रिजालले एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको कुनै संलग्नता नरहेको जिकिर गरेको हो ।
‘विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालम...