‘नेपाल आइडल’ सिजन–३ स्थगित, प्रतिष्पर्धी घर फर्किए
काठमाडौं । सिङगिङ रियालिटी–सो ‘नेपाल आइडल’ सिजन–३ केही समयका लागि स्थगित हुने भएको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणलाई ध्यान दिँदै नेपाल आइडल केही समय प्रशारण नहुने भएको हो ।
नेपाल आइडलका निर्देशक सुरेश पौडेलले कोरोना भाइरससँग जुध्ने सरकारको प्रयासमा साथ दिन केही समयको लागि नेपाल आईडल स्थगित गर्ने निर्णय भएको बताए । उनले आउँदो बिहीबारको श्रृंखलामा निर्णायकको केही सन्देश र प्रतिस्पर्धीलाई शुुभ...














