ठगीको आरोप सुन्दा स्तब्ध भएँ : अनमोल केसी
काठमाडौं। अभिनेता अनमोल केसीले आफूलाई ठगीको आरोप लागेको सुन्दा स्तब्ध भएको बताएका छन्।
केही साता अघि अनमोलविरुद्ध प्रहरीमा ठगीको उजुरी परेको थियो। चलचित्र ‘धूपौरे’मा अभिनय गर्न कागजी सम्झौता गरी ५ लाख रुपैयाँ लिएको र अन्त्यमा चलचित्र नखेलि त्यो पैसा पनि फिर्ता नगरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो। निर्माताद्वय रुपेन्द्र खड्गी र जयन श्रेष्ठले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराए...














