आठौं म्यूजिक खबर म्यूजिक अवार्डको आवेदन खुला
काठमाडौं । विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको लागि गीतसंगीत सहभागी गराउनका लागि आवेदन खुला गरिएको छ । गत वर्ष असोज १९ गते प्रदेश नं. १ को राजधानी विराटनगरमा भव्य रुपमा सम्पन्न भएको म्यूजिक खबर म्यूजिक अवार्डले प्रत्येक वर्ष अन्य प्रदेशमा पनि गर्ने लक्ष्यका साथ अघि बढेको छ । ‘कल्चरल टुरिजम अफ नेपाल’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा...














