ज्योतिष गल्ली – जहाँ हत्केलामा भाग्य खोजिन्छ !ज्योतिषी भानु अर्याल
विज्ञानलाई चकित बनाउने गरी पशुपतिको सेरोफेरोमा एउटा गल्लीको नामाकरण गरिएको देखिन्छ । पशुपति मूल मन्दिरको गेटबाट केही पश्चिमतर्फ पाइला सारेपछि भेटिन्छ, यो गल्ली । जहाँ ज्योतिषीहरू पाइलैपिच्छे ठोकिन्छन् । किनकि, गल्लीको नामै छ– ज्योतिष गल्ली । ज्योतिष गल्लीमा करिब ५० भन्दा बढी ज्योतिषी भाग्यको परीक्षा केन्द्र खोलेर बसेका छन् । जहाँ भाग्य जाँच्न आउनेहरू प्रशस्त भेटिन्छन् । फेल भने कोही हुँदैनन् ! त...














