बङ्गलादेश-पाकिस्तान प्रत्यक्ष उडान पुन : सुरु
ढाका । बङ्गलादेशको राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सले १० वर्ष भन्दा लामो समय अन्तरालपछि राजधानी ढाकाबाट पाकिस्तानको कराचीका लागि प्रत्यक्ष उडान पुनः सुरु गरेको जनाइएको छ ।
ढाकाबाट सुरुवाती उडान, बीजी-३४१ हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कराचीका लागि बिहीबार स्थानीय समयअनुसार बेलुका करिब ८ बजे १३८ यात्रु बोकेर भएको थियो । बङ्गलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सल्...













