यू–१६ इस्ट जोन कप : नेपालले आज भुटानसँग खेल्दै
काठमाण्डौ – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजे खेल शुरु हुनेछ ।
अहिलेसम्म खेलेका तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अङ्कसहित दोश्रो स्थानमा रहेको सिङ्गा...














