नेदरल्याण्ड्सकी कर्स्टेन वेसेल्स मधेश युनाइटेडमा अनुबन्धन
काठमाडौं । वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी प्रतिभाशाली आउट साईड हिटर कर्स्टेन वेसेल्सलाई अनुबन्धन गरेको छ । मधेशले वेसेल्सलाई तेस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो । यसअघि मधेश युनाईटेडले नेदरल्याण्ड्स कै रोमी भिनस्ट्रा र डानिक आर्डेमाको नाम घोषणा गरिसकेको छ ।
१८६ सेन्टिमिटर अग्ली वेसेल्सको स्पाइक पहुँच ३०० सेमी र ब्लक प...














