विराट गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई

विराट गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई
काठमाण्डौ – विराट गोल्डकपको आठौँ संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । विराटनगरको शहीद मैदानमा गए राति सम्पन्न फाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । मच्छिन्द्रका छिरिङ गुरूङ र युसुप थपलियाले गोल गरे । उपाधिसँगै मच्छिन्द्रले ११ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सांग्रीलाले पाँच लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

उप्रेतीको ‘अन्धकारमा जून’ कवितासंग्रहको विमोचन

उप्रेतीको ‘अन्धकारमा जून’ कवितासंग्रहको विमोचन
विराटनगर ÷ साहित्यकार अम्विका खरेल उप्रेतीद्वारा लिखित कवितासंग्रहको विमोचन गरिएको छ । विराट साहित्य संगम विराटनगरले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उप्रेतीको ‘अन्धकारमा जून’ कवितासंग्रहको विमोचन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं, अग्रज साहित्यकार विवश पोखरेल, बलराम पोखरेल, प्रा.डा. मेदिनीप्रसाद शर्मा, शोभा लामा ब...

महानगरअन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा पनि सुरु

महानगरअन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा पनि सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाअन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) सेवा सञ्चालनमा ल्याइएको छ । भौतिक विकाससँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको महानगरले विराटनगर–१५ स्थित रानी अस्पतालमा एकपछि अर्को सेवा विस्तार गरिरहेको छ । केही महिना अगाडिबाट फिजियोथेरापी सञ्चालनमा ल्याएको महानगरले सोही अस्पतालमा भिडियो एक्स–रे सेवा पनि सुरु गरेको हो । महानगरवासीलाई सहज रुप...

विग होटलले नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गतिक कार्यक्रम प्रस्तुत गर्ने

विग होटलले नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गतिक कार्यक्रम प्रस्तुत गर्ने
विराटनगर,२४ चैत । विराटनगरको चार तारे होटल विगले आफ्नो छैठो वार्षिकोत्सवको उपलक्ष्यमा यही चैत ३० गते साङ्गतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। होटलद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफ्नो प्राङ्गणमा आयोजित उक्त निःशुल्क कार्यक्रममा काठमाण्डौको चर्चित यशकुमार र व्याण्ड, विराटनगरको स्मृति व्याण्ड सहितले साँझ ७ः ३० बजेदेखि प्रस्तुत करण गर्ने कार्यक्रम रहेको छ। होटलले सामाजिक उत्तरदायित्व अन्तर...

अनु चौधरी र हसन राईको ‘यि आँखालाई ‘ सार्वजनिक ( भिडियो )

अनु चौधरी र हसन राईको ‘यि आँखालाई ‘ सार्वजनिक ( भिडियो )
काठमाडौं । चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत 'यि आँखालाई ' सार्वजनिक भएको छ ।लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ । मुस्ताङ्ग जिल्लाको हिमाली काखको मनमोहक ठाउमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेम...

चैत्र २४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

चैत्र २४ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) काममा चुनौती देखिएपनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आम्दानी बढ्नेछ र उठ्नु पर्ने र...

सुनसरीका पाँच वटा पालिकामा कर्फ्यु

सुनसरीका पाँच वटा पालिकामा कर्फ्यु
काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटा पालिकामा कर्फ्यु आदेश जारी गरेकाे छ । यसअघि अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा लागू भएकोमा प्रशासन कार्यालयले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कर्फ्यु आदेश जारी गरेकाे हाे । हिजो एसईई परीक्षाका क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको क...

वीरगञ्जमा यो वर्ष पनि ‘रात्रि बजार’

वीरगञ्जमा यो वर्ष पनि ‘रात्रि बजार’
नयाँ वर्षको अवसरमा पर्साको वीरगञ्जमा 'रात्रि बजार' आयोजना गरिने भएको छ। वीरगञ्ज महानगरपालिका, ग्रीन सिटी, नेपाली युवा उद्यमी मञ्च, वीरगञ्ज, साईकिलिङ क्लब, वमेन्स् क्रिएशन, घरेलु तथा साना उद्योग र एड्स बी मिडिया प्रालिको संयुक्त आयोजनामा तीन दिने रात्रि बजार सञ्चालन गर्न लागिएको हो । चैत २९ गतेदेखि वैशाख १ गते मध्यरातसम्म सञ्चालन हुने रात्रि बजारमा विभिन्न प्रकारका खाना र ड्रिङ्स, फेन्सी लु...

नेपाल आइडलका विजेता रविविरुद्ध बलात्कारको जाहेरी

नेपाल आइडलका विजेता रविविरुद्ध बलात्कारको जाहेरी
गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको आरोप लागेको छ । उनकी श्रीमतीले बैबाहिक बलात्कार गरेको भन्दै चैत २० गते कन्चनपुरको ईलाका प्रहरी कार्यालय, झलारीमा जाहेरी दिएकी हुन् । ‘उहाँकी श्रीमतीले वैवाहिक करणीको जाहेरी दिनुभएको छ । जाहेरी दर्ता भएर हाल छानबिनको प्रक्रिया अघि बढेको छ’,उनले भने । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर पुष्कर पन्तले गायक ओडविरुद्ध उजुरी परेको बताए । यसबारे छानब...

उपाध्यायका डेढ सय बढी कीर्तिमान

उपाध्यायका डेढ सय बढी कीर्तिमान
काठमाडौँ- विविध विधामा डेढ सय बढी रेकर्ड बनाएका डा.डीआर उपाध्यायलाई कीर्तिमान हस्तान्तरण गरिएको छ। यसअघि विभिन्न १३३ कीर्तिमान बनाइसकेका उपाध्यायलाई बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले थप २० कीर्तिमानी प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। कीर्तिमान प्रदान गर्ने विभिन्न संघसंस्थाले दिएका २० कीर्तिमानी प्रमाणपत्र रक्षामन्त्री उप्रेतीले उपाध्यायलाई हस्त...