लाेकेश बमले शतक बनाए पनि नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित
काठमाण्डाै – आयरल्यान्ड–उल्भ्ससँगकाे मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा नेपालकाे 'ए' टाेली पराजित भएकाे छ । आज कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेपाल २१ रनले पराजित भयाे ।
आयरल्यान्ड–उल्भसले दिएकाे २ सय २३ रनकाे लक्ष्य पछ्याएकाे नेपाल 'ए' १९ ओभर ३ बलमा २ सय १ रनमा अल आउट भयाे । नेपालका लाेकेश बमले शतक बनाए । लाेकेश ५६ बलमा १ सय ६ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले ...














