भेनेजुएला र पेरुबीचको विश्वकप छनोट खेलको विवादलाई लिएर तनाव
लिमा । भेनेजुएला र पेरुबीच फिफा विश्वकप छनोट खेलमा भएको विवादलाई लिएर तनाव बढेको छ । फिफा विश्वकप अन्तर्गत पेरुविरुद्धको खेलका क्रममा आफ्ना खेलाडीमाथि भएको दुर्व्यवहारप्रति भेनेजुएलाले भर्त्सना गरेको हो ।
पेरुको राजधानी लिमामा बुधबार भएको छनोट खेल एक-एक गोलको बराबरीमा सकिएको थियो । भेनेजुएलाका खेलाडी नाहुएल फरारेसीले खेल पछि आफ्ना समर्थकसँग हात मिलाउन खोज्दा पेरुका प्रहरीले उनलाई रोकेका थिए । स...













