पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ । डिजेल तथा मट्टितेलको मूल्य भने ४ रुपैयाँ घटेको छ ।
निगमको शनिबार बसेको सञ्चालक समितिको निर्णयअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ । डिजेल–मट्टीतेल प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ । नयाँ मूल्य शनिबार राति १२ बजेपछि ल...