एनआरटी र केल्मीबीच चार वर्षको सहकार्य सम्झाैता
काठमाडौं, ३० भदौ
सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम एनआरटी (काठमाडौं खेल मण्डल) र स्पोर्ट्स कीट ब्रान्ड केल्मीबीच चार वर्षको सम्झौता भएको छ । बुधबार क्लबले त्रिपुरेस्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै आगामी चार वर्षको लागि सहकार्य गरेको हो ।
एनआरटीले कामारु ट्रेडिङ प्रालिको केल्मी ब्राण्डसँग चार वर्षका लागि सम्झौता गरेको हो । सम्झौताअनुसार एनआरटीले आफूले खेल्ने प्रतियोगिता...