घरबाटै हराए दुर्गाप्रसाद, खोजी गरिदिन परिवारको आग्रह
इलाम : ४० वर्ष भारतीय जेलमा बिताएर नेपाल फर्काइएका दुर्गाप्रसाद तिम्सिना फेरि हराएका छन्। माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद परिवारका सदस्यलाई जानकारी नगराई आज (आइतबार) हिँडेका हुन्।
‘सधैं बिहान घरबाट हिँडेर ११/१२ बजे फर्कनुहून्थ्यो, तर आज बिहान हिँड्नुभएको थिएन, ५ बजेतिर घट्टासम्म पुगेको जानकारी पाएका छौं,’ उनका भतिज गोपालले भने, ‘दिनभरि पानीमा भिज्नुभएको थियो। करिब ४ बजेसम्म घरमा नै हुनुह...