प्रदेश नं १ मा ६६० सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
एक हजार ९८ जनाको पिसीआर परीक्षण गर्दा ३९३ र एक हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा २६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४ मध्ये विराटनगरमा ३६, सुनसरीमा ९४, इलाममा आठ, उदयपुरमा चार, धनकुटामा तीन, पाँचथरमा ए...