यस्तो छ ए डिभिजन लिगको खेल तालिका, उद्घाटन खेलमा यी टोली भिड्ने

यस्तो छ ए डिभिजन लिगको खेल तालिका, उद्घाटन खेलमा यी टोली भिड्ने
सहिद स्मारक ए डिभिजन लिग २०७८ को उद्घाटन खेलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो । लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युवा क्लब भिड्ने भएका छन्। खेल तालिका अनुसार कात्तिक २९ गते हुने उद्घाटन खेल हुने भएको हो । पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कार्तिक २९ गते साँझ ५ बजे हुने एन्फाले जनाएको छ। सातदोबाटोले ...

विराटनगरमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण हुने

विराटनगरमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण हुने
विराटनगर महानगपालिका र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण गरिने भएको छ । विराटनगर–९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कठ्ठा जग्गामा उक्त व्यापारिक भवन निर्माणका लागि बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको छ । विराटनगर महानगर र प्रदेश नं १ सरकारले व्यापारिक भवन निर्माण बनाउने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नेपाली कांग्रेस प्रमुख सचेतक क...

आर्मी सेमिफाइनलमा प्रवेश

आर्मी सेमिफाइनलमा प्रवेश
नेपाल आर्मीले भनिमण्डल भेट्रान्स क्लबलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले एक–एक गोल गरे । राजुले खेलको छैटौँ मिनेटमा गोल गर्दै आर्म...

भीम कामतको मृत्यु प्रहरी हिरासतमै भएको पुष्टि, छानबिन समितिको निष्कर्ष आज

भीम कामतको मृत्यु प्रहरी हिरासतमै भएको पुष्टि, छानबिन समितिको निष्कर्ष आज
मोरङको विराटनगर महानगरपालिका–११ जनपथ मार्गका ३९ वर्षीय भीम कामतको मृत्यु प्रहरी हिरासतमै भएको पुष्टि भएको छ । बिहीबार छानबिन समितिलाई कोसी अस्पतालका चिकित्सकले अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भइसकेको जनाएको मृतक भीमका दाजु शम्भु कामतले जानकारी दिएका छन् । उनका अनुसार हिजो संयोजक तथा मोरङका सहायक जिल्ला अधिकारी शरदकुमार पोखरेलसहित छानबिन समितले मृतकको घर र अस्पताल पुगेर घटनाबारे जानकारी लिएको ...

भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुग्यो

भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुग्यो
नयाँदिल्ली, कात्तिक १२ गते । भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधिका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कुल सङ्ख्या चार लाख ५७ हजार १९१ पुगेको छ । एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदी बिहिबार...

मन्त्री क्वाटर भत्काएर ठूलो पार्क बनाउने उद्देश्य राखेको छु : अर्थमन्त्री शर्मा

मन्त्री क्वाटर भत्काएर ठूलो पार्क बनाउने उद्देश्य राखेको छु : अर्थमन्त्री शर्मा
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले ललितपुरको कुपण्डोलमा रहेको मन्त्री आवासलाई भत्काएर खुला पार्क बनाउने योजना रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा त्यस्ता १२ वटा पार्क निर्माण गर्ने योजना रहेको बताएका हुन् । मन्त्री शर्माद्वारा प्रस्तुत आर्थिक विधेयकमा सो योजना रहेको खुलाएका छन् । ‘मैल...

प्रधान सेनापति र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

प्रधान सेनापति र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता
काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोनबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मालाई भेट्न राजदूत एलिजावेथ शुक्रबार अपरान्ह जंगी अड्डा पुगेकी थिइन् । भेटका क्रममा द्विपक्षीय आपसी हित तथा पारस्पारिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। छलफलमा सैनिक सहायतालगायतका विषयमा छलफल भएको थियो ।

मध्य भोटेकोशीको आइपिओ बाँडफाँट

मध्य भोटेकोशीको आइपिओ बाँडफाँट
मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २३ लाख ९० हजार २१८ ले आवेदन दिएका थिए । आवेदन दिएकामध्य ९५ हजार ७२२ को आवेदन रद्द भएको र बाँकी २२ लाख ९४ हजार ४९६ योग्य आवेदकमध्ये ...

तीन महिनापछि अफगानिस्तानबाट ३२ नेपालीको उद्दार

तीन महिनापछि अफगानिस्तानबाट ३२ नेपालीको उद्दार
लामो प्रतिक्षापछि अफगानिस्तानको राजधानी काबुलबाट ३२ जना नेपालीहरुको उद्दार भएको छ। रोजगारीका लागि पुगेका तर बेरोजगार अवस्थामा रहेका ३४ जना मध्ये २ जना कात्तिक ४ गते फर्केका थिए भने काजगात नभएका ३२ जना इरान, दुबई हुँदै भोलि विहान पौने १० बजे काठमाडौं आइपुग्दैछन्। उनीहरुले काबुल छाडेका छन्। नयाँ दिल्लीस्थित नेपाली कार्यवाहक राजदूत रामप्रसाद सुवेदीका अनुसार ३२ जना नेपालीहरु आज काबुलबाट इरानको ...