लफडामै विताए कलाकार र पत्रकारले ६ महिना, के के भए थिए लफडा
कोरोना भाइरसका कारण नेपाली सिने उद्योग थला परेको छ, तर चलचित्रकर्मी भने सिर्जनात्मक काममा भन्दा विवादमै रुमल्लिए।
चैतयता नेपाली सिने उद्योग ठप्प छ। हल बन्द हुँदा चलचित्र प्रदर्शन भएका छैनन्। कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेका कारण अब कहिले नेपाली सिनेमा प्रदर्शन हुने हो, यकिनका साथ भन्न सकिने अवस्था छैन।
यस्तो विषम परिस्थितिबाट गुज्रिएको सिने उद्योग कलाकारका कारण लफडामा फसिरह्यो।...