४९ वर्षका भए पवन कल्याण, गरिसके तीन बिहे
साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार पवन कल्याण बुधवारबाट ४९ वर्षका भएका छन् । २ सेप्टेम्बर १९७१ मा बापतलाको आन्ध्र प्रदेशमा जन्मिएका उनले आफ्नो अभिनय कलाबाट सबैको दिल जितेका छन् । उनी अभिनेतासँगै निर्माता, निर्देशक, गायक र राजनीतिज्ञ पनि हुन् । ‘अक्कड अम्माई लक्कड’ बाट अभिनय करिअर सुरु गरेका उनको पूरा नाम कोनिदेले कल्याण बाबू हो ।
साउथका सुपरस्टार तथा पोलिटिशियन चिरञ्जीवीका कान्छा भाई रहेका उनी...