मनछुने कबिता : ‘दशैं र बाख्रीआमा’
ए मान्छे !
तिमीले मुने आइज भन्दा
म्याँ म्याँ गर्दै
दगुर्दै, लुट्पुटिदै
वरिपरि घुम्दै
तिम्रो कान्छी छोरीसंगै
खेलेर हुर्किएको
मेरो पाठोलाई
कसरी
दशैंको भाग भनेर
छुट्याउँन सक्यौ ?
तिमीलाई जस्तै
हामीलाई पनि
मर्न डरलाग्छ,
जिउँन मन लाग्छ
प्यास लाग्छ,भोक लाग्छ
जाडो गर्मी सबै लाग्छ
हैन भने
किन दूध पिलाउनु पर्थ्यो
हामीलाई पनि
आफ्नो सन्तानको माया लाग्छ ।
ए मान्छे
आफ्नी छोरीलाई
कन्यादान...














