छोरी लकडाउनमै छे
लकडाउन घोषणाको भोलिपल्टै जागिरमा कोरोना लाग्यो । कोरोना त आएकै थिएन, स्वयं कोरोना बनेर उभियो हाकिम । कारिन्दा कटौतीको योजना ल्याउन नपाउँदै हाकिमले मेरो जागिर पजनी गरिदियो । दिनको २० हजार पाइला हिँड्ने म कोरोना कर्फ्यूको इमानदार पालक भएँ । घरखानामै बन्दी भएँ ।
श्रीमती, छोराछोरीसित मस्त भएर बस्न नपाएको वर्षौं भइसकेको थियो । केही दिन सानी छोरीसितै बित्यो । हरेक दिनको डायरी एकै खाले भयो । ऊसितै उ...