किन निर्माताले समयमा पैसा पाउँदैनन् ?
निर्माता रोहित अधिकारीले आफूले २ करोड हारहारीको रकम वितरकबाट चलचित्र रिलिज भएको १ बर्ष हुँदासम्म पनि नपाएको भन्दै गुनासो गरे । एफडी कम्पनी र काठमाण्डौ भित्रका केही हलबाट निर्माताले रकम नपाएपछि यसले सामाजिक संजाल र मिडिया तताइरहेको छ ।
चलचित्र चलेको १० महिना वितिसक्दा पनि निर्माताले आफ्नो शेयर रकम नपाउनु आफैमा दुखको कुरा हो । वितरक कम्पनी एफडीले रकम दिन बाँकी रहेको स्विकार गर्दै कोभिडका कारण यस्...












