निर्देशक नेपालको विश्वास- ‘फिल्म क्षेत्र फेरि तंग्रिने छ’
नेपाली फिल्मले ६ दशक लामो यात्रा पार परिसकेको छ । यो अवधिमा फिल्म क्षेत्र कयैन् आरोह-अवरोहको साक्षी बन्यो । तत्कालिन माओवादीले गरेको जनयुद्धमा यो क्षेत्र धरासायी भएको थियो । शान्ति प्रक्रियापछि फिल्म क्षेत्र केही हदसम्म तंग्रियो । तर, पहिलो संविधान सभाको निर्वाचनपछि मुलुकमा बढेको राजनीतिक अस्थिरताको असर फिल्म क्षेत्रले पनि भोग्यो ।
त्यसपछि २०७२ सालमा गएको महाभूकम्पका कारण लामो समय फिल्म क...














