१६ विदेशीलाई नेपाली नागरिकता दिने प्रशासकीय अधिकृत पक्राउ
पाँच वर्षअघि विदेशी नागरिकलाई नेपाली नागरिकता र राहदानी बनाइदिएको अभियोग लागेका झापा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार २०७२ मङ्सिर १० गते झुठो विवरण पेश गरी १६ जना विदेशीलाई नेपाली नागरिकता दिलाएको अभियोगमा झापा जिल्ला अदालतले आचार्यसहित ४६ जना अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी गरेको ...














