कमेडी च्याम्पियनलाई कान्तिपुर टिभीको साथ
काठमाडौँ – नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले कान्तिपुर टेलिभिजनको साथ पाएको छ । रियालिटी सोका निर्देशक विशाल भण्डारी तथा निर्मात्राद्वय केकी अधिकारी र रीमा विश्वकर्मा र कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले ५ वर्षका लागि कार्यक्रम निर्माण र प्रसारणको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
थ्री प्रोडक्सन र कान्तिपुरको यो सहकार्य ‘कमेडी च्याम्पियन ‘ को छैटौं सिजनसम्मक...














