फान युकेको सहयोगमा चलचित्र कलाकार संघ द्वारा अनाथालयलाइ खाद्यान्न राहत सहयोग
काठमाडौँ - नेपाल चलचित्र कलाकार संघ युके शाखाको सहयोगमा नेपाल चलचित्र कलाकार संघ केन्द्रिय समितिले काठमाडौँको गोकर्णमा रहेको संयुक्त अपाङ्ग आवाज केन्द्रमा आश्रित ४८ जना अनाथ बालबालिकाहरुको लागि खाद्यान्न राहत सामग्री वितरण गरेको छ । कलाकार संघको केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काको नेतृत्वमा पुगेको कलाकारको टोलिले उक्त अबसरमा लकडाउनको समस्यामा परेका अनाथ बालबालिकाहरुलाई राहत हस्तान्तरण गर्नुको साथै ...














