नायक आशिफ शाहको अपील – साम्प्रदायिक विभेद गर्ने र विशेष धर्मावलम्बीलाई निशाना साँध्ने काम नगरौं
काठमाडौं । नायक आशिफ शाहले कोरोनाभाइरस (कोभिड १९)को संक्रमणको विषयलाई लिएर साम्प्रदायिक विभेद गर्ने र विशेष धर्मालम्वीलाई निशाना साँध्ने काम नगर्न सबैमा अपील गरेका छन् ।
सामाजिक सञ्जालमा असिम शाहको विचार साभार गर्दै नायक आशिफ शाहले सदियौंदेखि सबै धर्मावलम्बी मिलेर बसेको इतिहास रहेको र अहिले कोरोनाको विषयलाई लिएर साम्प्रादायिक विभेद गर्ने र विशेष धर्मावलम्बीहरुलाई निशाना साँध्ने प्रयास भइरहेकाले...













