राकुल भन्छिन्–‘परिवारको समझदारीले विकिनी लगाउँदा अप्ठ्यारो भएन’
दक्षिण भारतीय चलचित्रमा जमिसकेकी नायिका राकुल प्रित बलिउडमा पनि जम्ने क्रममा छिन् । राकुलको सुन्दरता र अभिनयलाई रुचाउनेहरूको संख्या धेरै छ । चलचित्रको पर्दामा सफ्ट गेटअपदेखि हट गेटअपमा उनी रुचाइएकी छिन् ।
राकुल सानैदेखि खेलकुदमा बढी रुचि राख्थिन् । तर, खेलकुदमै अगाडि बढिरहेको समयमा उनी मोडलिङमा प्रवेश गरिन् । यसमा, उनको परिवारको ठूलो सहयोग छ ।
राकुल भन्छिन्–‘मेरी आमाको प्रेरणाको कारण म मिस इ...












