आजको पञ्चाङ्ग एवम् राशिफल (१६ चैत २०७६ आइतबार, २९ मार्च २०२०)
वसन्त ऋतु श्रीशाके १९४१ नेपाल सम्वत् ११४० वि.सं. २०७६ चैत १६ गते रविबार तद्अनसार सन् २०२० मार्च २९ तारिख चैत्र शुक्लपक्षको पञ्चमी तिथि कृतिका नक्षत्र प्रीति योग बब करण आनन्दादिमा धूम्र योग चन्द्रमा बृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०० मा भयो र सूर्यास्त साँझ १८ः१९ मा हुनेछ ।
मेष – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । सभा–समारोहमा मान–पुरस्कार प्राप्त हुनेछ । आरोग्यता बढ...