अभिनेत्रीहरुको लकडाउन : फिल्म, खाना र परिवार
काठमाडौँ — सँधै फिल्ममा व्यस्त हुने अभिनेत्रीहरुले लकडाउनको समयलाई मुश्किलले पाइने छुट्टीका रुपमा लिइरहेका छन् ।
घरको काम र ध्यानमा व्यस्त रेखा
जाडो छल्नलाई तिहारमा आमा मोरङ गाउँ गएदेखि म घरमा एक्लै छु । एक्लै भएपनि दिक्क लागेको छैन । म पहिलेदेखि नै अनुशासनमा बस्ने मान्छे हुँ । बिनाकाम लखरलखर हिँड्ने मेरो बानी छैन ।
बिहानै उठेर व्यायाम गर्छु, योगा गर्छु । लकडाउनदेखि नै घरको सहयोगी...











