पहिरनका कारण ट्रोलको सिकार
मुम्बई, माघ १५ । बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छन्। अमेरिकाको लस एन्जल्समा आयोजित ६२ औं संस्करणको ग्रामी अवार्डमा सहभागि भएलगत्तै उनले लगाएको पहिरनका कारण ट्रोलको सिकार भएकी हुन्।
समारोहमा सहभागी भएकी उनले लगाएको सेतो गाउनका कारण उनको आलोचना भइरहेको छ। अन्तर्राष्ट्रिय फेसन ब्रान्ड राल्फ एन्ड रुसोले तयार गरेको नेकलाइनसहितको चम्किलो गाउन लगाएर उनी समारोहमा सहभ...














