मोरङका सुमन कार्की कमेडी च्याम्पियनको उपाधि नजिक
उर्लाबारी, मोरङ रतुवामाई घर भई एक दशकदेखि राजधानीमा संघर्षरत सुमन कार्की यतिबेला हाँस्य प्रहसनमा ख्याति बटुलि रहेका छन् । मुलुककै पहिलो रियालिटी शो कमेडी च्याम्पियनको टप ६ मा पर्न सफल हुनुपनि सफलताको सिढी उक्लिरहेको एउटा प्रमाण हो । देशको काल र परिस्थितिले जनतामा निरासापन छाइरहेपनि कलाकै माध्यमबाटै उनले भने वाहवाही पाइरहेका छन् । चिन्तित मान्छेलाई पनि हँसाउन सक्ने असाधारण खुबी सुमनमा रहेको उनको प्...












