आर्यन सिग्देलका भर्खरै जन्मिएका छोराको नाम के ?
काठमाडौं। अभिनेता आर्यन सिग्देल बुबा बनेका छन्। आर्यन शुक्रबारबाट छोराको बुबा बनेका हुन्। विवाहको पाँचौं वर्षगाँठमा अर्यनको पत्नीले छोरालाई जन्म दिएका छन्। आज भन्दा ५ वर्ष पहिला बैसाख ६ गते नै उनीहरू वैवाहिक जीवनमा बाँधिएका थिए। केही वर्ष प्रेममा रहेर आर्यन र सपनाको प्रेम विवाह भएको थियो।
आर्यनले केही समयअगाडि गर्भवती श्रीमतीसँगका केही तस्बिरहरू सार्वजनिक गर्दै नयाँ वर्षमा आफ्नो सन्तानले जन्म ल...