बिराजले मागे माफी
साङलो फिल्म निर्माण एवं निर्देशन गर्न लागेका नायक बिराज भट्टले सोमबार साँझ कुटपिट गरेका निर्माण नियन्त्रक शंकर पाण्डेसंग माफी मागेका छन् । नायक र प्राविधिकबीचको विवाद सुल्झ्याउन मंगलवार दिउँसो चलचित्र प्राविधिक संघले बोलाएको बैठकमा बिराजले माफी मागेका हुन् । बिराजले पाण्डेमाथि हात हाल्नु आफनो गल्ती भएको भन्दै माफी मागेका हुन् । उनले फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डेलाई कुटेर भुईमा ढालेका हुन् ...