गायक सुनिल गिरीले गरे उदयपुरकी अञ्जुसँग विवाह
काठमाडौं, १५ मंसिर । गायक सुनिल गिरीले उदयपुरकी अञ्जु आचार्यसँग लगनगाँठो कसेका छन् । को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझजस्ता हिट लोकपप गीतका गायक तथा संगीतकार गिरीले उदयपुरकी अञ्जु आचार्यसँगको ९ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
हालै ५ महिना जर्मनी बसेर फर्किएका गायक गिरीले विवाह गरेको केही समयपछि फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्...














