अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार समर्पण गरिँदै
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ’अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार–२०२१’ शनिवार एक समारोह बीच सर्जकहरूलाई समर्पण गरिने भएको छ।
अनेसास बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिको आयोजनामा हुने यो कार्यक्रममा ११ जना सर्जक पुरस्कृत हुनेछन्। अनेसासले सन् २००३ देखि हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार कोभिडको महामारीका कारण यसपटक ...













