सुरु भयो ‘ए मेरो हजुर ४’को छायांकन
कोरोनाका कारण विगत ७ महिनादेखि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन शनिबार घटस्थापनादेखि सुरु गरिएको छ । घटस्थापनाबाटै चलचित्र ‘आई एम ट्वान्टी वान’को पनि छायांकन सुरु भएको थियो । चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापाले शनिबारबाट चलचित्रको छायांकन सुरु भएको जानकारी दिए ।
उनले भने–‘अब हामी फुलपातीसम्म चलचित्रको छायांकन गर्छौ । यसपछि, पूर्णिमापछि फेरि चलचित्रको काम गर्नेछौ । उनले...