कृष्णभूषण बल स्मृति पुरस्कारबाट तीनजना साहित्यकार सम्मानित
विराटनगर । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले वरिष्ठ साहित्यकार डा. विष्णुविभू घिमिरेसहित तीनजना साहित्यकारलाई पुरस्कृत गरेको छ ।
शनिबार विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा साहित्यकार घिमिरेलाई ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ प्रदान गरिएको हो ।
नेपाल प्रज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत रहनु भएका घिमिरेलाई दोसल्ला ओढाएर नगद २५ हजार र सम्मानपत्र प...














