लुङखिम भाषा लोप हुनै लागेपछि…
केराबारी (इलाम) : ५६ वर्षीया विजया राई बान्तवा मातृभाषी हुन्। उनी अहिले लुङखिम बोल्न सिकिरहेकी छन्। अति लोपोन्मुख अवस्थामा पुगेको यो भाषा जगाउन भाषा आयोगले गाउँमै आधारभूत तहको कक्षा सञ्चालन गरिरहेको छ। त्यसका लागि उनी बिहानको काम चाँडै गरेर ८ देखि १० बजेसम्म भाषा सिक्न जान्छिन्।
‘पहिला त रहर लाग्यो’, उनी भन्छिन्, ‘आफू लुङखिम परिवारमै भएपछि व्यावहारिक कुरा जान्नु पनि पर्यो। एक–दुई कुरा सिकिन्छ ...