वैदेशिक रोजगारीले निम्त्याएको दुःखहरूको संग्रह ‘घुम्टी’
नेपालको कानुनअनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन। कानुनका बन्देजका कारण मात्रै होइन, २० वर्ष पनि नपुगी विवाह गर्नु शारीरिक, मानसिक स्वस्थ्यको हिसाबले पनि उचित होइन। तर सिन्धुली दुधौली नगरपालिकाकी घुम्टीले २० वर्ष पुग्दा नपुग्दै दुई पटक विवाह गरिसकिन्। अनि बनिसकिन् दुई सन्तानकी आमा।
विवाह र प्रेमको बारेमा राम्रो जानकारी पनि नहुने उमेर १२ वर्षमा नै प्रेम विवाह गरेकी घुम्टी १५ वर्षमा आमा बनिन्...













