सैनिकलाई राष्ट्रपति रनिङ सिल्ड
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड सैनिक मावि भक्तपुरले जितेको छ। सैनिक मावि २३ स्वर्ण जित्दै प्रथम भएको हो। तीनदिने प्रतियोगिताको शुक्रबारसम्म भएको अन्तिम खेलमा जेसिस स्कुल इन्द्रायणीपीठ ९ स्वर्णका साथ द्वितीय, मेधा मावि तेखापुखू ८ स्वर्णका साथ तृतीय र बागीश्वरी मावि च्याम्हासिंह ६ स्वर्णसहित सान्त्वना स्थान हासिल गर्न सफल भए।
प्रतियोगिताअन्तर्गत भलिबल खेल छात्रतर्फ सैनिक म...














