राम्रो काम गरेकाले विवाद भएको भुवन केसीको तर्क
चलचित्र विकास बोर्डको अध्यक्ष बन्न रातारात सत्तामा रहेको पार्टीमा आबद्ध भएका अभिनेता भुवन केसी आफ्नो उद्देश्यमा सफल भए । दुई वर्षका लागि बोर्डको अध्यक्ष हाँक्ने जिम्मेवारी पाएका उनले ७ महिनाको अवधिमा देखिने गरी र उपलब्धिमुलक काम गर्न सकेका छैनन् भन्दा गलत हुँदैन । यो अवधिमा उनका श्रृंखलाबद्ध विवाद मात्र रिलिज भए । र, हरेक विवाद ब्लकबस्टर भए ।
आइतबारबाट दुबईमा हुन लागेको बोर्डको ३० लाखको ‘नेपाल्...














