आजदेखि ‘भ्वाइस अफ नेपाल’मा लाइभ शो, कुन कोचको टिमबाट कसले प्रतिस्पर्धा गर्नेछन् ?
काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आज (शुक्रबार)देखि लाइभ शो सुरु हुँदैछ । यो चरणदेखि आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई जिताउन दर्शकले भोट गर्न सक्नेछन् ।
लाइभ शोमा चार जना कोचको समूहबाट १२ जना ट्यालेन्टबीच प्रतिस्पर्धा हुँदैछ । ब्लाइण्ड अडिसन, ब्याटल र नकआउट राउण्ड सकिएपछि सुरु हुन लागेको लाइभ शो निकै रोचक हुने अनुमान छ । लाइभ शोमा कोच प्रमोद खरेल समूहबाट योगेश मगर, आशिष म...














