‘चोर र पुलिस’का निर्देशक भन्छन्, ‘शित्तल केसी चल्दैन, अनमोल केसी खेल्दैन’
यही कात्तिक २५ गतेबाट प्रदर्शनमा आउन लागेको कमेडी प्रधान फिल्म ‘चोर र पुलिस’का निर्देशक आरएल लामा मोक्तानले नयाँ निर्माता तथा निर्देशकलाई फिल्म बनाउन अत्यन्त गाह्रो रहेको बताएका छन् । बिहीवार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनले नयाँ मेकरको नाम सुनेरै चलेका कलाकारहरु स्क्रिप्ट नसुनी भाग्ने गरेको र हलवालाले पनि शोमा विभेद गर्ने गरेको गुनासो पोखे ।
मोक्तानले भने, ‘मलाई थाहा छ मेरो फिल्मलाई मल्...














