नविनको ‘हाम्रो सम्बन्ध’मा सजिना गुरुङ ( भिडियो )

नविनको ‘हाम्रो सम्बन्ध’मा सजिना गुरुङ ( भिडियो )
काठमाडौं । दक्षिण कोरियामा रहेका युवा गायक नविन बिश्वकर्माको सुमधुर स्वरमा समावेश 'हाम्रो सम्बन्ध' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक बिश्वकर्माको शब्द, संगीत रहेको छ। गीतमा इजोक थापा मगरको संगीत संयोजन रहेको छ। दक्षिण कोरियाको विभिन्न रमणीय ठाउहरुमा छायाँकन गरिएको यस भिडियोमा विप्लप आले मगर र सजिना गुरुङ बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकि...

देवागंज जनता समाजवादी पार्टी तर्फको उम्मेदवार बेचन मेहता बिजयी

देवागंज  जनता समाजवादी पार्टी तर्फको उम्मेदवार बेचन मेहता बिजयी
स्थानीय तहको निर्वाचनका लागि सुनसरीको देवानगंज गाउँपालिकाको अध्यक्ष पदमा भएका छन् । नेपाली कांग्रेसको तर्फबाट देवानगंज गाउँपालिकाको उपाध्यक्षमा कुमारी विभा यादव बिजयी भएकी छिन् । जनता समाजवादी पार्टीका उम्मेदवार मेहताले ६ हजार ८ सय ७४ मत ल्याएर देवानगंज गाउँपालिकाको अध्यक्ष पदमा बिजयी भएका हुन् भने कांग्रेसकी नेतृ कुमारी विभा यादवले ६ हजार १ सय १२ मत प्राप्त गरी उपाध्यक्ष पदमा बिजयी भएकी हुन् । ...

अनेमसंघले मनायो मदन आश्रित स्मृति दिवस

अनेमसंघले मनायो मदन आश्रित स्मृति दिवस
काठमाडौँ । आफ्ना श्रद्धेय नेताको स्मृतिलाई अखिल नेपाल महिला संघ ९अनेमसंघ० ले २९औँ मदन(आश्रित स्मृति दिवस मनाएको छ । मदनआश्रित स्मृति दिवसको अनेमसंघका सचिव सुजिता शाक्यको नेतृत्वमा अनेमसंघले स्मृति दिवस मनाएको हो ।भण्डारीको फोटोमा माल्यार्पण गर्दै र खादा लगाएर सचिव शाक्य लगायत अनेमसंघका नेताहरुले सम्मान व्यक्त गरे । सो अवसरमा नेकपा एमालेको सांसद समेत रहेकी शाक्यले जननेता मदन भण्डारी र कमरेड ...

वडा नम्बर १ मा काजी बस्नेतविजयी

वडा नम्बर  १ मा काजी बस्नेतविजयी
विराटनगर, ३ जेठ । वडा नम्बर १ मा नेकपा एमालेका काजी बस्नेत विजयी भएका छन् । बस्नेतले १ हजार ९ सय मत ल्याए । बस्नेतका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजन नेउपानेले १ हजार ५ सय ९१ मत ल्याए । गएको स्थानीय तहको निर्वाचनमा वडा– १ मा कांग्रेसका उद्वव अर्याल निर्वाचित भएका थिए । पोखरेल र बस्नेतको जित संगै नेकपा एमालेले विराटनगरमा वडा– १, २ र १९ गरेर ३ वटा वडामा जित हात पारेको छ । नेपाली कांग्रे...

विराटनगर– २ मा एमालेका पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित

विराटनगर– २ मा एमालेका पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित
विराटनगर महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का कुमार पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी सोही वडाको अध्यक्षमा निर्वाचित बनेका थिए । ५ बर्से कार्यकालपछि पुनः उम्मेदवार बनेका पोखरेलले दोस्रो पटक पनि वडाको नेतृत्व गर्ने अवसर पाएका हुन् राप्रपाका पवन सुरानालाई ५१ मतान्तरले पराजित गर्दै पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित भए ।...

काठमाडौंमा ३०० मत गन्दा बालेन शाहको अग्रता कायमै

काठमाडौंमा ३०० मत गन्दा बालेन शाहको अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । काठमाडौंमा ३०० मत गन्दा बालेनले ७२ मत ल्याएर अग्रता लिनु भएको छ । दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत र तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत प्राप्त गर्नु भएको छ । वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मतगणना जारी छ ।

विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश काेइरालाले अग्रता लिएका छन् । १५० मत गणना हुँदा कोइरालाले ५५, एमाले उम्मेदवार सागर थापाले २२, स्वतन्त्र उम्मेदवार उमेश यादवले १३ मत पाएका छन् । उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले ३०, जसपा उम्मेदवार अमरेन्द्र यादवले २५ र स्वतन्त्र उम्मेदवार नमिता न्याैपानेले १२ मत ल्याएकी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा एमालेको अग्रता

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर  दमक नगरपालिकामा एमालेको अग्रता
झापा । झापाको दमक नगरपालिकामा नेकपा एमालले सुरुवाती अग्रता लिएको छ । २०० मत गन्दा मेयर पदमा नेपाली कांग्रेस, एमालेकी गीताकुमारी पौडेल अधिकारीले ९६ मत पाएकी छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाका संयुक्त उम्मेदवार रामकुमार थापाले ७६ मत प्रप्त गरेका छन् । उपमेयरमा भने कांग्रेस–माओवादी–राप्रपा गठबन्धनको उम्मदेवारले अग्रता लिएको छ । गठबन्धनका उम्मदेवार रेगिना भट्टराई ९० प्राप...

विहान ९ बजेदेखि भरतपुर महानगरको मतगणना

विहान ९ बजेदेखि भरतपुर महानगरको मतगणना
भरतपुर, ३१ वैशाख भरतपुर महानगरको मतगणना विहान ९ बजेदेखि सुरु हुने भएको छ । वडा नम्बर १ बाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । शनिबार एक समूहले मतगणना गर्नेछ । मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले एक घण्टा अगावै उम्मेदवारहरुका प्रतिनिधिलाई मतगणना गर्ने स्थानमा आउन अनुरोध गरिएको बताउनुभयो । मतगणना सुरु गर्ने समय एकिन गर्न बसेको सर्वदलीय बैठक करिब ३ घण्टा बसेको थियो । शुक्रबार भएको स्थानीय त...

जसले मत खसाल्न जाँदै गरेका आमा र गर्भवती श्रीमतीसहित पाँच आफन्त गुमाए

जसले मत खसाल्न जाँदै गरेका आमा र गर्भवती श्रीमतीसहित पाँच आफन्त गुमाए
पोखरा । जन्मदिने आमा र गर्भवती श्रीमती गुमाएका अर्जुन कुँवर यतिखेर विक्षिप्त छन् । ३१ वर्षीय अर्जुन दुःख भुलाउन गण्डकी मेडिकल कलेज पोखराको बेडमा उपचार गराइरहेका आफ्ना तीन वर्षीय छोरा अनिशको मुख हेरिहन्छन् । तर, अबोध बालकमा पनि उस्तै दुःखको पहिरो छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ थुमपोखराका अर्जुन तिनै व्यक्ति हुन्, जसले स्थानीय तह निर्वाचनमा मतदाता बोकेको जिप दुर्घटनामा परिवारका सदस्य, आफन्त गर...