बहुआयामीक सर्जक उप्रेतीको भक्ति एल्बम “प्रभु वन्दना “ सार्वजनिक
अमेरिका ।
हरि उप्रेती डायस्पोरा नेपाली गीत संगीतको एक स्थापित नाम हो। गीत संगीतका माध्यमबाट जीवन दर्शनको अनुभूति गर्न सकिन्छ भन्ने दृढ़ विश्वास राख्ने गीतकार उप्रेतीले विगत पच्चीस वर्ष देखि नेपाली साहित्यमा योगदान पुर्याउँदै आएका छन भने गीत संगीतलाई पनि त्यति नै माया गर्ने गर्दछन । आफ्नो जन्मभूमि छोड्नुको पिडा र भाषा साहित्य सिक्न बाट वन्चित गराउने त्यो भुटानी तानाशाहको तमासाले अझै पनि गीतकार उप्...














