सल्यानमा माओवादीले खाता खोल्यो

सल्यानमा माओवादीले खाता खोल्यो
सल्यानकाे कुमाख गाउँपालिका वडा–१ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरेका छन्। महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्। कांग्रेस–एमाले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका मानबहादुर...

कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता
काठमाडौं– झापाको कनकाई नगरपालिकामा जारी मतगणनामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले अग्रता कायम राखेका छन्। प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार रहेको शेरबहादुर थापा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारभन्दा अघि देखिएका हुन्। ३ सय मत गणना भइसक्दा थापाले १४१ मत प्राप्त गरेका छन्। त्यस्तै, एमालेका राजेन्द्र पोखरेलले ७७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले हा...

विराटनगर महानगरकाे मतगणना केही बेरमा सुरु हुँदै

विराटनगर महानगरकाे मतगणना केही बेरमा सुरु हुँदै
प्रदेश १ को मोरङस्थित विराटनगर महानगरपालिकामा पनि शनिबार बिहानैबाट मतगणना सुरु हुँदै छ। शुक्रबार मतदानपछिको सर्वदलीय/सर्वपक्षीय बैठकले शनिबार बिहान मतगणनाको काम सुरु गर्ने निर्णय गरेको थियो। विराटनगर महानगरको मतगणना आदर्श माध्यमिक विद्यालयमा गरिने बताइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार विराटनगरमा ६७.३५ प्रतिशत मतदान भएको छ।

संखुवासभा चिचिला गाउँपालिका १ मा कांग्रेसकाे प्यानल विजयी

संखुवासभा । चिचिला गाउँपालिका वडा नम्बर १ को मत गणना कार्य सम्पन्न भएको छ । प्राप्त मत अनुसार चिचिला १ मा नेपाली कांग्रेसका उमेदवार पूर्ण कुमार राईले ३३६ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्दि नेकपा माओवादी केन्द्रका बीरसिं गुरुङले २२१ मत र नेकपा एमाललेले ९९ मत प्राप्त गरेका छन् ।

नार्पाभूमि गाउँपालिकामा कांग्रेसका लामा निर्वाचित

लमजुङ, बैशाख ३१ गते । मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित हुनुभएको छ । उहाँले ४७ मतले प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई हराउदै १५८ मत ल्याएर बिजयी हुनुभएको हो । प्रतिद्वन्दी स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत ल्याउनुभएको छ । अध्यक्षमै उम्मेदवारी दिनुभएका स्वतन्त्रका मिङमार सोनाम लामाले भने उम्मेदवारी फिर्ता लिनुभएको थियो । कोन्ज...

बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता, राप्रपा दोस्रोमा

बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता, राप्रपा दोस्रोमा
रुपन्देही, वैशाख ३१ । बुटवल उपमहानगरपालिकाको प्रारम्भीक मतगणनामा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ। वडा नम्बर १ को २ सय मत गणना हुँदा गठबन्धनका साझा उम्मेद्वार नेपाली काङ्ग्रेसका खेलराज पाण्डेले ७३ मतसहित अग्रता लिएका हुन्। दोस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचन ४५ मतसहित पछ्याइरहेका छन्। यहाँ नेकपा एमालेका बाबुराम भट्टराईले ३३ मत पाएका छन्। वडा नम्बर १ मा १९ सय ७४ मत खसेको थियो ।

विराटनगर महानगरपालिकामा पनि शनिबार बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने

  काठमाडौं । सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा केहीबेरपछि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा अहिले ८ बजेदेखि मतगणना सुरु गरिने भएकाे हाे । मतगणनाका लागि शुक्रबार राती सर्वदलीय बैठकले सहमति जुटाएको थियो । चितवनको भरतपुर महानगरपालिकामा पनि आज (शनिबार) बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ भने कास्कीको पोखरा महानगरपालिकामा पनि शनिबार ...

सिन्धुपाल्चोकमा दुई केन्द्रमा झडप : पुनः मतदानका लागि पहल जारी

सिन्धुपाल्चोकमा दुई केन्द्रमा झडप : पुनः मतदानका लागि पहल जारी
चित्र मिजार सिन्धुपाल्चोक, वैशाख ३० गते । नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच मतदानका विषयमा विवाद हुँदा झडप भएपछि स्थितिलाई नियन्त्रणमा ल्याउन बाह्रबिसे नगरपालिका–३ क्षमादेवी मावि मतदान केन्द्रमा झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउण्ड हवाईफाइरिङ गरेको थियो । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले झडपमा एमाले र कांगे्रसका चारजना कार्यकर...

अहिलेसम्म कुनै पनि केन्द्रको मतदान स्थगित भएको छैन : आयोग

अहिलेसम्म कुनै पनि केन्द्रको मतदान स्थगित भएको छैन : आयोग
काठमाण्डाै – निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि केन्द्रको मतदान स्थगित नभएको जनाएको छ । केही ठाउँमा सामान्य विवादका कारण मतदान केहीबेर रोकिएपछि फेरि सुरु भएको आयोगले जनाएको छ । विवाद भएर मतदान रोकिएका ठाउँमा फेरि सुरु गर्ने तयारी भएको आयोगले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा

काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा
ट्राफिक प्रहरीले आज निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधनलाई होल्डमा राखेको छ । उपत्यकाको विभिन्न स्थानमा होल्डमा राखिएका सवारी साधनमा २३६ वटा दुईपाङ्ग्रे र २२ वटा चारपाङ्ग्रे रहेका छन् । काठमाण्डौ उपत्यका लगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् । आज स्थानीय तहको मतदानको दिन भएकाले सवारी साधन संचालनमा रोक लगाइएको ह...