सिन्धुपाल्चोकका दुई मतदान केन्द्रमा मतदान स्थगित
सिन्धुपाल्चोक, वैशाख ३० गते । मतदान केन्द्रमा खटिएका एजेन्टले दुईजना मतदाताको नाममा मतदान गरेको आरोपमा नेकपा एमालेका युवाले बाह्रबिसे नगरपालिका–१ घोर्थलीस्थित भूमेश्वरी आबिमा रहेको मतदान केन्द्रमा ढुंगामुढा र टेबल तोडफोड गरेका छन् ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले उक्त घटनापछि १२ बजेसम्म मतदान स्थगित भएको जानकारी गराउनुभयो । बिहान ११ बजेदेखि यो समाचार तयार पर्...














