हुम्लाको चंखेलीमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार

हुम्लाको चंखेलीमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार
हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाकाे एउटा मतदान केन्द्रमा झडप भएको छ । चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् । झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत, र अर्का स्थानीय घाइते भएकाे प्रहरीले जनाएकाे छ । झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ८ राउन्ड अश्रुग्यास प्रहार ग...

ओलीले गरे मतदान, भने- देश मूलतः दुई दलीय प्रणालीतर्फ जाने देखियो

ओलीले गरे मतदान, भने- देश मूलतः दुई दलीय प्रणालीतर्फ जाने देखियो
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन् । मतदान गर्दै ओलीले अब देश दुई दलीय प्रणालीतर्फ जाने देखिएको बताए । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले भने, ‘एमाले एकातिर, गठबन्धन अर्कातिर । मूलतः देश दुई दलीय प्रणालीतिर जाने देखियो ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन रोक्न अन्तिम सम्म प्रया...

सुनसरीको एक मतदान केन्द्र अचानक राइफल पड्किएपछि…….

सुनसरीको एक मतदान केन्द्र अचानक राइफल पड्किएपछि…….
इटहरीः सुनसरीको एक मतदान केन्द्रमा प्रहरी जवानले बोकेको हतियार अचानक पड्किएको छ । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–२ स्थित श्री आधारभूत विद्यालय मतदानस्थलको सुरक्षामा खटिएका जवानले बोकेको राइफल अचानक पड्किएको हो । राइफल पड्किएपछि मत हाल्न लाइनमा बसेका मतदाताबीच भागदौड मच्चिएको थियो । प्रहरी जावन विशेष याक्खाले बोकेको इन्सास राइफल अचानक पड्किएपछि होहल्ला भई मतदाता बीच भागदौड भएको थियो । मतद...

युवा संघका सरोज भुजेलले कालाबञ्जर बुथमै हातपात गरेपछी….

युवा संघका सरोज भुजेलले कालाबञ्जर बुथमै हातपात गरेपछी….
बराहक्षेत्रः नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका स्थानीय कार्यकर्ता सरोज भुजेलले तरुण दलका कार्यकर्तामाथी हातपात गरेका छन् । बराहक्षेत्र ५ स्थित जडेज माविको बुथ बाहिर गेटमा भुजेलले आफूमाथी हातपातको गरेको भिम लुइँटेलले बताए । लुइँटेलले भने, ‘बिना कुनै कारण युवा संघका भुजेलले म माथि हातपात गरेर अराजक शैली देखाएँ ।’ यसैबीच मतदान अधिकृत अधिकृतले भने मुडभेडको अबस्था नभएको तर सामान्य भनाभनक...

खोटाङमा शान्तिपूर्ण मतदान

खोटाङमा शान्तिपूर्ण मतदान
खोटाङ / खोटाङमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । हालसम्म सबै मतदान केन्द्रमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए । जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले पनि जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताए । पाँच वर्षमा एक पटक आउने मतदानमा सर्वसाधारणको उल्लासमय सहभागीता रहेको छ । १० स्था...

११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्

११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्
बैतडी / बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् । मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उनका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । देशमा बलियो व्यवस्था र गाउँठाउँको विकास होस् भनेर मतदान गरेको भट्टले बताइन् । बैतडीमा ४४० जनप्रतिनिधि छान...

सप्तरीको डाक्नेश्वरीमा मतदान अधिकृतमाथि कुटपिट, मतदान रोकियो

सप्तरीको डाक्नेश्वरीमा मतदान अधिकृतमाथि कुटपिट, मतदान रोकियो
काठमाडौं– सप्तरीको एक मतदान केन्द्रमा मतदान अधिकृतमाथि कुटपिट भएको छ। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार मतदान अधिकृतलाई एक महिलाले मत हाल्न दिएको, तर मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरु भएको थियो। लगत्तै एक समुहले महिलाले भनेको ठाउँमा किन नहालेको भन्दै मतदान अधिकृतमाथि कुटपिट गरेको थियो। मतदान अधिकृतमाथि कुटपिट भएपछि अहिले मतदान रोकिएको प्रमुख जिल्ला ...

स्याङजा जिप दुर्घटना: मृत्यु भएका १४ जनाको पहिचान खुल्यो

स्याङजा जिप दुर्घटना: मृत्यु भएका १४ जनाको पहिचान खुल्यो
वालिङ नगरपालिका– १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग२च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको थियो। जिप अनियन्त्रित भइ सडकबाट ५०० मिटर तल खसेको थियो। मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबास बस्ने वर्ष ६३ की माया पुन, ९ वर्षीय प्रविण कुँवर, ५० वर्षीय कुलदिप कुँवर, ५० वर्षीया डेम कुमारी कुँवर, ८६ वर्षीया हरीकला कुँवर, ५० वर्षीया टेककला...

१०६ वर्षीया वृद्धाबाट मतदान

१०६ वर्षीया वृद्धाबाट मतदान
सिन्धुली– स्थानीय तहको निर्वाचनमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट पहिलो मतदान १०६ वर्षकी कुमारी सुनुवार्नीले गर्नुभएको छ । उहाँको जन्म १९७२ कार्तिक १७ गते भएको हो । उहाँलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजिकरण गर्नुभएको थियो । मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा आउनु भएको थियो । सुनुवार्नी संभवतः सिन्धुली जि...

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान
काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गर्नुभएको छ । उहाँले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गर्नुभएको हो । सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताउनुभयो । उहाँले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गर्नुभयो । मतद...